समुन्द्र मुनी पानीको दबाब कति हुन्छ ? कसरी जानसक्छ ज्यान ?
समुन्द्र मुनी पानीको दबाब कति हुन्छ ? कसरी जानसक्छ ज्यान ?
समुद्रको गहिराइमा तपाईं जति तल पुग्नुहुन्छ, तपाईंमाथि पानीको दबाब बढेको बढ्यै गर्छ ।
शुक्रबार बिहानै टाइटन पनडुब्बी समुद्रमुनि विस्फोट भएको र त्यसमा सवार पाँचै जनाको मृत्यु भएको जानकारी दिइएको छ । तर, सो पनडुब्बी कसरी विस्फोट भयो खुलाइएको छैन ।
विशेषज्ञहरूका अनुसार पनडुब्बीको बाहिरी हिस्सामा साना-साना कमजोरी भएका कारण पनडुब्बी विस्फोट भएको हुनसक्छ । विज्ञका अनुसार समुद्रमा पानीको दबाब प्रतिइन्च ६ दशमलव ६ केजीको हुन्छ । हरेक दश मिटरको गहिराइमा पानीको दबाब झनै बढ्दै जान्छ ।
टाइटन पनडुब्बी ३ हजार मिटर गहिराइमा टाइटानिक जहाजको भग्नावशेष हेर्न गएको थियो । यसको अर्थ यहाँ पानीको दबाब सतहमा भन्दा ३ सय गुणा अधिक हुन्छ । यसरी गहिरो क्षेत्रमा पुग्दा र पानीको दबाब झेल्न नसक्दा उक्त पनडुब्बी विस्फोट भएको आशंका छ । टाइटानिक जहाजको भग्नावशेष जुन स्थानमा छ, त्यसलाई मिडनाइट जोन भन्ने गरिन्छ । सो गहिराइमा तापमान ४ डिग्री सेल्सियसको नजिक हुन्छ ।
यस्तो गहिरो ठाउँमा केही समुद्री जीवमात्र बाँच्न सक्छन् । धेरै दबाब, अन्धकार र चिसोमा बाँच्न त्यस्ता जीवले आफूलाई अनुकूल बनाएका हुन्छन्, जसकारण ती समुद्री जीवहरूलाई सतहमा ल्याउने बित्तिकै तिनीहरू चाँडै मर्छन् ।
Comments 0